गृहपृष्ठ दक्षिण अफ्रिकाको बाढीबाट मृत्यु हुनेको संख्या ४३५

दक्षिण अफ्रिकाको बाढीबाट मृत्यु हुनेको संख्या ४३५

दक्षिण अफ्रिकाको बाढीबाट मृत्यु हुनेको संख्या ४३५

दक्षिण अफ्रिकाको क्वाजुलु-नाताल बाढीबाट मर्नेको संख्या ४४८ पुगेको सार्वजनिक भएपनि ४३५  रहेको जनाइएको छ ।  प्रहरी मन्त्री भेकी सेलेले बिहीबार बाढीको बारेमा मिडियालाई जानकारी दिँदै उक्त कुरा बताएका हुन् ।

त्यहाँ ४४८ मृत्युको संख्या थियो जुन अहिले ४३५ मा परिमार्जन गरिएको छ । शवको पोस्टमार्टमको नतिजा सार्वजनिक गर्दै उनले गोलीका चोट फेला परेका कारण मृत्यु हत्यासँग सम्बन्धित भएको पुष्टि भएको पनि बताएका  छन् ।

विपदसँग सम्बन्धित नभएको प्राकृतिक कारणले धेरै मानिसको मृत्यु भएको निश्चित थियो । आज बिहानसम्म मृत्यु हुनेको संख्या ४३५ रहेको छ,’ सेलेले भने ।

उनले आपत्कालीन राहत, शान्ति सुरक्षा र अवसरवादी अपराध रोक्न ३ हजार प्रहरी अधिकारी र ९ सय क्वाजुलु-नाताल प्रान्त मेट्रो प्रहरी खटाएको जानकारी दिएका छन् । सेनाले चिकित्सक, नर्स, मनोवैज्ञानिक, सामाजिक कार्यकर्ता र फार्मासिस्टसहित १० हजारलाई त्यस क्षेत्रमा खटाएको बताएका छन् ।

प्रकाशित समय : १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु