गृहपृष्ठ आठ महिनामा पर्यटन क्षेत्रको साढे १४ अर्ब आम्दानी

आठ महिनामा पर्यटन क्षेत्रको साढे १४ अर्ब आम्दानी

आठ महिनामा पर्यटन क्षेत्रको साढे १४ अर्ब आम्दानी

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा पर्यटन क्षेत्रबाट १४ अर्ब ४९ करोड रुपैयाँ आय भएको जनाएको छ । कोरोना महामारीको जोखिम कम भएसँगै बढेको पर्यटकको संख्याले पर्यटन क्षेत्रको आय बढेको मन्त्रालयले जनाएको हो ।

सन् २०२२ को मार्चसम्म नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भई ७८ हजार ७४७ पुगेको छ । गत वर्षको सोही अवधिमा कोरोना महामारीका कारण उक्त संख्या ८५ प्रतिशतले कमी आई ३२ हजार ९९७ रहेको थियो ।

गत आर्थिक वर्षको पहिलो आठ महिनामा कोरोनाका कारण नेपाल आउने पर्यटकको संख्यामा कमी आउँदा पर्यटन क्षेत्रको आय ९१.६ प्रतिशतले कमी आई ७ अर्ब २६ करोड रुपैयाँमा झरेको थियो ।

प्रकाशित समय : २३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु