गृहपृष्ठ राप्रपाको घोषणापत्र : गाईभैँसीलाई सुत्केरी भत्ता, ज्येष्ठ नागरिकलाई तीर्थयात्रा (पूर्णपाठ)

राप्रपाको घोषणापत्र : गाईभैँसीलाई सुत्केरी भत्ता, ज्येष्ठ नागरिकलाई तीर्थयात्रा (पूर्णपाठ)

राप्रपाको घोषणापत्र : गाईभैँसीलाई सुत्केरी भत्ता, ज्येष्ठ नागरिकलाई तीर्थयात्रा (पूर्णपाठ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राप्रपाले गाईभैँसीलाई सुत्केरी भत्तादेखि ज्येष्ठ नागरिकलाई नि:शुल्क धार्मिक यात्रा गराउनेसम्मका प्रतिवद्धता व्यक्त गरेकाे छ । भ्रष्टाचारमुक्त स्थानीय तह, जनतालाई निष्पक्ष र छिटो छरितो सेवा दिने, चुनाव जितेको ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने र ६ महिनाभित्र सबै स्थानीय तहको ऐन कानुन निर्माणदेखि परिमार्जन गर्ने राप्रपाकाे प्रतिवद्धतापत्रमा उल्लेख छ । 

यस्तै, शिक्षामा १२ कक्षासम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा कम्तिमा एक प्राविधिक विद्यालय बनाउने, सबै स्थानीय तहमा अनिवार्य नि:शुल्क स्वास्थ्य बिमा, सुत्केरीलाई मासिक ३ हजार भत्ता दिने राप्रपाकाे प्रतिवद्धता छ । यसका साथै कृषितर्फ गाईभैंंसीलाई सुत्केरी भत्तादेखि जमिन बाँझो नराख्ने व्यवस्था गरेपछि कृषि उत्पादन वृद्धि गर्ने विकल्प दिइने जनाइएकाे छ ।

घाेषणापत्र :

प्रकाशित समय : २३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु