गृहपृष्ठ मेघगर्जनसहित चट्याङ, वर्षा र हावाहुरीकाे सम्भावना, सतर्क रहन अनुराेध
मेघगर्जनसहित चट्याङ, वर्षा र हावाहुरीकाे सम्भावना, सतर्क रहन अनुराेध
केही प्रदेशमा आज पनि वर्षाकाे सम्भावना रहेको छ । प्रदेश-१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
प्रदेश-१, मधेस प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । स्थानीय वायुको प्रभाव रहेको मौसमी प्रणाली एकैछिनमा बदली हुने र थोरै भागमा मेघगर्जन र चट्याङ्सहित वर्षा र हावाहुरी आउने हुन्छ ।
यसका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
प्रकाशित समय : १३:२१ बजे


















