काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सामसङ इलेक्ट्रोनिक्सले जित्यो एकै पटक ७१ वटा अन्तर्राष्ट्रिय अवार्ड

13.15K
shares

सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडल सहित ७१ वटा अवार्ड जित्न सफल भएको छ । जर्मन अन्तर्राष्ट्रिय डिजाइन कम्पिडिसन २०२२ मा सामसङ इलेक्ट्रोनिक्से टेलिभिजन, स्मार्ट फोन र अन्य घरेलु उपकरण लगायतक विषयमा यी अवार्ड हात पार्न सफल भएको हो ।

जर्मन अन्तर्राष्ट्रिय डिजाइन  प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आईएफ) मा उसले विभिन्न ९ वटा विधामा ती अवार्ड हात पारेको हो । त्यसमध्ये प्रोटेवल स्क्रिन द फ्रीस्टाइल, मोवाइल फोन ग्यालेक्सी जेड फ्ल्पि ३ र वायरलेस भ्याकुम किलनर बेस्पोक स्लिमका लागि गोल्ड अवार्ड प्राप्त गरेको हो । प्रतियोगितामा सामसङका ५५ देसका ११ हजार सवमिसन मध्येवाट ती अवार्ड हाल परेको हो ।

डिजाइन अवार्डका ९ विधामा उत्पादन, प्याकेजिङ, सञ्चार, ब्यवसायिक अवधारणा, आन्तरिक वास्तुकला, वास्तुकला, सेवा अनुभव डिजाइन, प्रयोगकर्तामा भिन्नता र प्रभावको ब्यापक मूल्यांकन थिए । त्यसक्रममा सामसङ इलेक्ट्रोनिक्स डिजाइन सेन्टरका कार्यकारी उपाध्यक्ष जिन्सु किमले डिजाइनका लागि परिवर्तनशील मूल्यलाई नवीन प्रविधिसँग जोड्नु महत्वपूर्ण भएको बताए । उनले भने, ‘हामी एक अर्थपूर्ण अनुभव प्रदान गर्न प्रतिवद्ध छाैँ जसले ग्राहकको विभिन्न माग पुरा गर्दछ ।