गृहपृष्ठ संगठन विस्तार तथा क्षमता विकास कार्यक्रम सम्पन्न

संगठन विस्तार तथा क्षमता विकास कार्यक्रम सम्पन्न

संगठन विस्तार तथा क्षमता विकास कार्यक्रम सम्पन्न

स्थानीय तह कर्मचारी युनियन, नेपालकाे जिल्ला कार्य समिति झापाद्वारा आयाेजित संगठन विस्तार तथा क्षमता विकास कार्यक्रम झापाकाे विर्तामाेडमा सम्पन्न भएकाे छ । पब्लिक सर्भिस इन्टरनेसनल (PSI)ले कार्यक्रममा लागि सहयाेग गरेकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले देश संघीयतामा गइसकेपछि स्थानीयलाई प्रत्यक्ष सेवा दिने प्रमुख कर्मचारी नै स्थानीय कर्मचारी भएकाले स्थानीय कर्मचारीका हक हितका लागि आवाज उठाउने याे संगठन अत्यन्त महत्वपूर्ण संगठन भएकाे धारणा व्यक्त गरे । उनले विगतमा आफू गाविस अध्यक्ष हुँदादेखि नै स्थानीय कर्मचारीलाई बुझेकाे हुँदा स्थानीय कर्मचारीलाई कुनै पनि समस्या भएकाे जानकारी आएमा तुरून्तै समस्या बुझेर सम्बाेधन गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

स्थानीय तह कर्मचारी युनियन, नेपालका केन्द्रीय महासचिव रामप्रसाद पाैडेलले संगठनले गरेका क्रियाकलापलगायत आगामी दिनमा युनियन कसरी अगाडि बढ्दैछ भन्ने कार्ययाेजना प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस विर्तामाेडका नगर सभापति भाेजराज सिटाैलाले स्थानीय कर्मचारी युनियनलाई अगाडि बढाउन आफू र सम्पूर्ण नगर समितिकै तर्फबाट सहयाेग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा स्थानीय तह कर्मचारी युनियन, नेपाल बागमती प्रदेशका सचिव गाेपाल घिमिरे, चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ लगायतले कार्यक्रम सफलताकाे शुभकामना दिए ।

प्रशिक्षण सत्रमा 'ट्रेड युनियन अधिकार र नेपालमा यसकाे अभ्यास' विषयमा निजामति कर्मचारी युनियनका सल्लाहकार युगलकिशाेर गाैतमले, 'ट्रेड युनियन कांग्रेस र यसकाे महत्व' विषयमा नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीले र 'स्थानीय तह कर्मचारी युनियन, नेपाल र यसकाे महत्व' विषयमा स्थानीय तह कर्मचारी युनियन, महासचिव पाैडेलले आ-आफ्नाे विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित समय : १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु