काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पहाडी भू-भागमा वर्षाको सम्भावना

9.79K
shares

प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आज मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावका कारण मंगलबार बिहान देशका विभिन्न स्थानको मौसम सामान्य बदली छ ।

दिउँसो पनि देशका विभिन्न स्थानमा मौसम बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसका साथै राति देशका पहाडी भू-भागमा सामान्य बदली रही प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।