global ime bank Long Banner Ad

गृहपृष्ठ तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ कार्यक्रम सम्पन्न

तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ कार्यक्रम सम्पन्न

तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ कार्यक्रम सम्पन्न

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चैत्र २५ गतेदेखि सुरु भएको तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ धनगढीमा आइतबार सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा नेपालका सातै प्रदेशका पर्यटन व्यवसायीको सहभागिता रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत-बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा 'प्रादेशिक ट्राभल मार्ट'को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको कार्यक्रम अनुरुप मार्ट आयोजना गरिएको हो ।

मार्टमा सिमावर्ती भारतीय शहरहरु नैनीताल, देहरादुन लखिमपुर, बरेली, रुद्रपुर र भारतको राजधानी दिल्लिबाट करिब ६० जना टुर अपरेटरहरुलाई सहभागी गराइएको थियो । काठमाण्डौं लुम्बिनी र चितवन केन्द्रित नेपालको पर्यटन बजारलाई सबै क्षेत्रमा विस्तार गर्ने सोचका साथ बोर्डले कार्यक्रम आयोेजना गरेको हो ।

प्रकाशित समय : १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु