global ime bank Long Banner Ad

गृहपृष्ठ डिम्याट र मेरो सेयर शुल्क समयमै तिर्न कामना सेवा विकास बैंकको आग्रह

डिम्याट र मेरो सेयर शुल्क समयमै तिर्न कामना सेवा विकास बैंकको आग्रह

डिम्याट र मेरो सेयर शुल्क समयमै तिर्न कामना सेवा विकास बैंकको आग्रह

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना डिम्याट खाता तथा ‘मेरो सेयर’ सेवा प्रयोगकर्ताई वार्षिक सञ्चालन र नवीकरण शुल्क तोकिएको समयभित्र बुझाउन अनुरोध गरेको छ। शुल्क नतिरेमा खाता तथा सेवा प्रभावित हुन सक्ने भन्दै बैंकले समयमै नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको हो।

बैंकद्वारा जारी सूचनाअनुसार शाखा कार्यालयमार्फत खोलिएका डिम्याट ९हितग्राही० खाताका लागि आर्थिक वर्ष २०८२/८३ सम्मको वार्षिक सञ्चालन शुल्क प्रतिवर्ष १०० रुपैयाँका दरले बुझाउनुपर्नेछ। ग्राहकहरूले उक्त शुल्क २०८३ असार मसान्तभित्र बैंकका नजिकका शाखा कार्यालय वा ई–सेवा, खल्ती तथा कनेक्ट आईपीएसजस्ता डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्नेछन्।

बैंकले निर्धारित अवधिभित्र शुल्क नतिर्ने ग्राहकको डिम्याट खाता २०८३ साउन १ गतेदेखि स्वतः रोक्का गरिने जनाएको छ। खाता रोक्का भएपछि धितोपत्रसम्बन्धी विभिन्न कारोबारमा समस्या आउन सक्ने बैंकको भनाइ छ।

त्यसैगरी, ‘मेरो सेयर’ सेवा प्रयोग गरिरहेका ग्राहकले सेवा सञ्चालन भएको एक वर्ष पूरा भएपछि अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था रहेको बैंकले स्मरण गराएको छ। समयमै नवीकरण नगरिए सेवा स्वतः निष्क्रिय हुने जनाइएको छ।

बैंकका अनुसार ग्राहकले डिम्याट खाता र मेरो सेयर सेवा दुवैको नवीकरण एकैपटक गर्न सक्ने सुविधा पनि उपलब्ध छ। लगानीकर्तालाई आफ्नो सेवा निरन्तर सञ्चालनमा राख्न समयमै शुल्क भुक्तानी र नवीकरण प्रक्रिया पूरा गर्न बैंकले आग्रह गरेको छ।

प्रकाशित समय : १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु