गृहपृष्ठ टिपर दुर्घटनामा १ जनाको मृत्यु
टिपर दुर्घटनामा १ जनाको मृत्यु
काठमाडौँको नांलेबजारमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका-१ नांलेबजारमा बा४ख ६३७९ नम्बरको टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका-७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो ।
टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् ।
प्रकाशित समय : १७:४५ बजे

















