nmb bank

गृहपृष्ठ स्थानीय निर्वाचन : कर्णालीमा न्यून दल चुनावी प्रतिस्पर्धामा जाँदै

स्थानीय निर्वाचन : कर्णालीमा न्यून दल चुनावी प्रतिस्पर्धामा जाँदै

स्थानीय निर्वाचन : कर्णालीमा न्यून दल चुनावी प्रतिस्पर्धामा जाँदै

कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलको संख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिदैछन् ।

सुर्खेतमा विभिन्न २५ दल र डोल्पामा मान्यता प्राप्त छ सहित ११ दलले प्रतिस्पर्धा गर्ने भएका हुन् । सुर्खेतमा छ राष्ट्रिय मान्यता प्राप्त दल र १९ साना गरी २५ दलले निर्वाचनमा भाग लिने भएको निर्वाचन आयोगको प्रदेश कार्यालयले जनाएको छ ।

राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसहित दलले निर्वाचनमा भाग लिने भएका हुन् ।अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट पाँच जनासहित नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मात्र चुनाव जितेको उक्त कार्यालयले जनाएको छ ।

कर्णालीका अन्य जिल्लामा रुकुमपश्चिम र सल्यानमा १२-१२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालीकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने कार्यालय प्रमुख दुर्गा चालिसेले जानकारी दिए ।

उल्लेखित दलले मात्रै निर्वाचनमा चुनाव चिन्ह पाउने र बाँकीले भने अन्य दलको चुनाव चिन्हमा निर्वाचन लड्नुपर्ने छ । यस्तै कर्णाली प्रदेशमा १० निर्वाचन अधिकृत फेरिएका छन् ।

यसअघिका निर्वाचन अधिकृतलाई हटाउँदै सरकारले नयाँ निर्वाचन अधिकृत खटाएकाेमा सल्यानको कुमाख र त्रिवेणी गाउँपालिका, कालीकोटको नरहरिनाथ, पलाता र सान्नीत्रिवेणी गाउँपालिका, हुम्लाको ताँजाकोट र सर्केगाड गाउँपालिका, जाजरकोटको कुसे र जुनीचाँदे गाउँपालिका र दैलेखको ठाटीकाँध गाउँपालिकामा नयाँ निर्वाचन अधिकृत खटाइएको हो ।

प्रकाशित समय : १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु