nmb bank

गृहपृष्ठ दुई मन्त्री र एक राज्य मन्त्रीसहित कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुँदै

दुई मन्त्री र एक राज्य मन्त्रीसहित कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुँदै

दुई मन्त्री र एक राज्य मन्त्रीसहित कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुँदै

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको चार वर्षपछि नेपाली कांग्रेस पनि सरकारमा जाने भएको छ । केन्द्रीय सत्ता गठबन्धनको नीतिअनुसार सुदूरपश्चिममा दुई मन्त्री र एक राज्य मन्त्रीसहित कांग्रेस सरकारमा जाने भएको हो ।

नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले आन्तरिक मामिला तथा योजना मन्त्रालय, गोविन्द बोहराले सामाजिक मन्त्रालय र टेकबहादुर रैकाले सामाजिक विकास राज्यमन्त्री पाउने बताइएकाे छ । कांग्रेसले पाउने सबै मन्त्रालयमा यस अघि एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य मन्त्री रहेका थिए । सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद पुनर्गठन हुने भएको हो ।

मन्त्रालय बाँडफाँडपछि आजै मन्त्रिमण्डल पुनर्गठनको तयारी थालिएको छ । गत बिहीबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिताबारे छलफल भएको थियो । कांग्रेस सरकारमा सहभागी हुँदा एकीकृत समाजवादीले दुई मन्त्री फिर्ता बोलाउने बताइएको छ । अहिले प्रदेश सरकारमा एकीकृत समाजवादीबाट चार मन्त्री र तीन राज्यमन्त्री सहभागी छन् ।

प्रकाशित समय : ०१:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु