गृहपृष्ठ दक्षिणकाली नगरपालिकाको चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने

दक्षिणकाली नगरपालिकाको चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने

दक्षिणकाली नगरपालिकाको चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालिले सो केवलकार सञ्चालन गर्ने भएको हो ।

चम्पादेवी ईको फ्रेण्डली कम्पनीले एक पत्रकार सम्मेलनगरी यस बिषयमा जानकारी गराएको हो । कम्पनीका तर्फबाट सञ्चालक कमलेश कुमार अग्रवालले केवलकार सञ्चालनकालागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब निर्माण प्रकृया सुरु हुने जानकारी दिए । उनका अनुसार अबको तीन बर्षमा निर्माण कार्य सम्पन्न भई केवलकार सञ्चालनमा आउनेछ । कम्पनीका अनुसार चम्पादेवीमाताको मन्दिर रहेको डाँडाहरु गरी करीब २२ हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ । केही प्राविधिक एवम् कानुनी अवरोधको निकास सम्मानित सर्वोच्च अदालतबाट कात्तिक २८ गतेको निर्णयबाट प्राप्त गरीसकेपछि यो परियोजनाको कार्य तीब्र गतिले प्रारम्भ गरिएको कम्पनीले जनाएको छ ।

यो केबलकार परियोजना २०७६ वैशाख २ गते बसेको ७१औँ नगर कार्यपालिकाको निर्णय अनुसार २०७६ वैशाख ६ मा केबलकार निर्माण तथा सञ्चालन अनुमती प्राप्त भएको हो । कम्पनीले उक्त केबुलकार संचालनका लागि डिजाइन अष्ट्रियन कम्पनीबाट तयार गरिएको जनाएको छ । कम्पनीका अनुसार यहाँ ल्याइने केवलकार यूरोपियन केवलकार हुनेछ। कम्पनीले चम्पादेवी माताको मन्दिरको डिजाइन वरिष्ठ आर्किटेक र वास्तु बिशेषज्ञ शंकरनाथ रिमालबाट गरिएको हो ।

कम्पनीले उक्त केवलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च गर्ने योजना रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले उक्त केवलकार  २०७९ को अन्त्यमा सुरू गरेर २०८१को अन्त्यमा सक्ने योजना बनाएको छ । कम्पनीले विदेशी लगानीकर्ता समेत भित्राउने लक्ष्य राखेको छ ।

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु