गृहपृष्ठ अजोड इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी बिमा अभिकर्ता तालिम
अजोड इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी बिमा अभिकर्ता तालिम
अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा तीन दिने कृषि तथा पशुपन्छि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागी बिमा अभिकर्तालाई अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र कृषि विभागमा कार्यरत सुदिप पौडेलले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा २९ जना बिमा अभिकर्ताको सहभागिता भएको थियो । कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेडको रौतहट शाखाका प्रमुख प्रभु चौधरीलेले गरेका थिए ।
प्रकाशित समय : २२:५८ बजे


















