nmb bank

गृहपृष्ठ महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा छुट

ग्राहलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड र धुम्बाराही काठमाडौंमा अवस्थित हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्स प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले सम्पूर्ण दन्त सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाबाट जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बैंकले प्रदेश नम्बर १ मा ५, प्रदेश नम्बर २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्रहकलाई उच्चस्तरीय वित्तीय सेवा सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : २२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु