nmb bank

गृहपृष्ठ सर्लाहीमा गोली प्रहार गरी भारतीय युवककाे हत्या

सर्लाहीमा गोली प्रहार गरी भारतीय युवककाे हत्या

सर्लाहीमा गोली प्रहार गरी भारतीय युवककाे हत्या

सर्लाहीमा गोली प्रहारबाट एक भारतीय नागरिकको हत्या भएको छ । जिल्लाको मलंगवा नगरपालिका-९ मा बुधबार साँझ भारतीय नागरिकमाथि गोली प्रहार भएको थियो ।

गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकलमा आएका व्यक्तिले महतोमाथि गोली प्रहार गरेका प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रविण पोखरेलका अनुसार मंलगवास्थित कृष्णामति विद्यालयको पछाडि महतोमाथि गोली प्रहार भएको हाे ।

गोली प्रहार गरेका व्यक्ति भारततर्फ नै भागेको सूचना प्राप्त भएको बताइएकाे छ ।

प्रकाशित समय : ०३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु