nmb bank

गृहपृष्ठ मञ्जुश्री फाइनान्स लिमिटेडको शाखा कार्यालय चाबहिलमा

मञ्जुश्री फाइनान्स लिमिटेडको शाखा कार्यालय चाबहिलमा

मञ्जुश्री फाइनान्स लिमिटेडको शाखा कार्यालय चाबहिलमा

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा-७, चाबहिलमा आफ्नो २३औं शाखा उद्घाटन गरेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदूत दामोदर प्रसाद गौतमले एक समारोहबीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । गत पुस मसान्तसम्म १ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी एवं ५० करोड रुपैयाँ डिबेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाइनान्सले ११.६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ११.०२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

प्रकाशित समय : ०१:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु