global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ज्योति विकास बैंकको दुई शाखा उद्घाटन

ज्योति विकास बैंकको दुई शाखा उद्घाटन

ज्योति विकास बैंकको दुई शाखा उद्घाटन

ज्योति विकास बैंकले बुधबार इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो ।

इलाम नगरपालिका-७, इलामबजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका-३, मोरङस्थित कञ्चनबारी शाखाको समुद्घाटन बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहक तथा स्थानीय व्यवसायीहरुको उपस्थिति थियो । यसका साथै बैंकले बुधबार नै लमजुङको बेसीशहरस्थित नयाँ शाखा पनि सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले इलाम र कञ्चनबारी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्यूआर कोड नि:शुल्क डलर कार्ड जारी, नि:शुल्क डिम्याट खाता, नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन, नि:शुल्क डेबिट कार्ड, नि:शुल्क मोबाइल बैंकिङ सेवा, नि:शुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दति निक्षेपहरुमा साप्ताहिक/मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुटलगायत विभिन्न सुविधा प्रदान गर्ने भएको छ ।

प्रकाशित समय : ०१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु