गृहपृष्ठ आचारसंहिताका विषयमा राजनीतिक दलहरुसँग छलफल गर्दै आयोग
आचारसंहिताका विषयमा राजनीतिक दलहरुसँग छलफल गर्दै आयोग
निर्वाचन आयोगले आज ९मंगलबार० राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आयोगले स्थानीय तह निर्वाचनको आचारसहिंताका विषयमा बिहान ११ः३० मा दलका प्रतिनिधिहरुसँग छलफल गर्न लागेको हो।
छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोज्ने तयारी गरेको छ । साथै, आयोगले सो अवसरमा दलहरूलाई आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह पनि गर्नेछ।
स्थानीय चुनावमा भाग लिने ७९ वटै दललाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
प्रकाशित समय : १४:०१ बजे