nmb bank

गृहपृष्ठ भायानेटको नयाँ योजना : इन्टरनेट र एमआई डुअल ब्यान्ड राउटर निःशुल्क

भायानेटको नयाँ योजना : इन्टरनेट र एमआई डुअल ब्यान्ड राउटर निःशुल्क

भायानेटको नयाँ योजना : इन्टरनेट र एमआई डुअल ब्यान्ड राउटर निःशुल्क

भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेट र एमआईको डुअल ब्यान्ड राउटर सित्तैमा पाउन सक्नेछन् । यो योजनाअन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् ।

यसका साथै, ९० दिन भित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा-फाई प्याक सफलतापूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेटसँगै एमआईको डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन् ।

ग्राहक रिफरल इनामको लागि योग्य हुन सो व्यक्तिले रिफर गरेको व्यक्तिले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ । भायानेटका ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउने छन् । ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग-इन गरी आफ्नो फ्री इन्टरनेट दाबी गर्न सक्नेछन् । भायानेटले प्रत्येक हप्ता एमआईको डुअल ब्यान्ड राउटर पाउन सफल रिफरललाई आफ्नो पुरस्कार संकलन गर्न सम्पर्क गर्नेछ ।

भायानेटले नेपालका प्रायः मुख्य सहरहरूमा विभिन्न प्याकेजमार्फत इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ। भायानेटले अल्ट्रा-फाई लाइन अपअन्तर्गत सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट दिँदै आएको छ । विशेष गरी धेरै क्षमताको इन्टरनेट चाहिने ग्राहकलाई लक्षित गरी ल्याइएको यो सेवामा १७५ एमबीपीएसको इन्टरनेटसँगै दुइवटा भायाटीभी पनि उपलब्ध छन् । यसको मूल्य मात्र १२ सय ५० रुपैयाँ प्रतिमहिना रहेको छ ।

भायानेटले यस नयाँ रिफरल योजनामार्फत आफ्नो ग्राहकमा थप उत्साह भर्ने आशा लिएको छ । यो अफर सीमित अवधिको लागि मात्र मान्य हुनेछ ।

प्रकाशित समय : १८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु