गृहपृष्ठ पाटन कलेज फर प्रोफेसनल स्टडिजको तेश्रो दिक्षान्त समारोह सम्पन्न
पाटन कलेज फर प्रोफेसनल स्टडिजको तेश्रो दिक्षान्त समारोह सम्पन्न
पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) ले आफ्नो तेश्रो दिक्षान्त समारोह सोमबार सम्पन्न भएको छ । बेलायत स्थित प्रसिद्ध बेडफर्डशाईर विश्व विद्यालयसँग आवद्ध यस कलेजलेको दिक्षान्त समारोहको एक विशेष महत्व रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनेरिंग र बिबिए बिषय सँग सम्बन्धित कूल ६४ जना विद्यार्थीले स्नातक तह उत्तीर्ण गरेको प्रमाण पत्र प्राप्त गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रमाण पत्र प्राप्त गर्ने विद्यार्थीलाइ बधाई ज्ञापन गर्दै राष्ट्रको समग्र बिकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नु पर्ने बताए । साथै शिक्षा ऐनको संसोधन गरि आधुनिक शिक्षा प्रणालिको बिकाश गर्नका लागि एउटा छुट्टै बिशेष कार्यदल बनाएर काम थालिने पनि जानकारि गराएका थिए ।
त्यस्तै, दिक्षान्त समारोहमा एलबीईएफ ग्रुपका अफ इन्स्टिट्युसनका अध्यक्ष पंकज जलानले २०१७ ईस्वी सनमा स्थापित पीसीपीसीले आफुलाई आज मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थाको रुपमा उभ्याउन सफल भएको बताएका थिए । उनले भने, ‘नेपाली विद्यार्थी नेपालमै अन्तराष्ट्रियस्तरको शिक्षा प्रभावकारी रुपमा प्रदान गर्ने हाम्रोे सपनालाई साकार पार्न यस कलेजले ठुलो भूमिका खेलिरहेको छ ।’ यसै गरि समारोहमा अर्का वक्ता काठमाडौं विश्व बिद्यालयका उपकुलपति प्रा। डा। भोला थापाले स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै उनीहको शैक्षिक उपलब्धि प्रति आफु गौरवान्वित भएका बताए ।
समारोहका बिशेष अतिथि एवं एनबीसीसीआइका अध्यक्ष राजेन्द्र खेतानले यी विद्यार्थीले भोलि कार्पोरेट क्षेत्रको चुनौँतीलाई उच्च व्यावसायिक क्षमताका साथ सामना गर्न सक्ने बिश्वास व्यक्त गरे । यससंगै दिक्षित विद्यार्थीलाई नेपाली श्रम बजारमा स्वागत पनि गरेका थिए । कार्यक्रममा एलबीइएफ ग्रुपका अफ इन्स्टिट्युसनका कार्यकारी निर्देशक ई प्रकाश कुमार केजरिवालले स्वागत मन्तब्य व्यक्त गर्दै स्नातक तह उन्निर्ण विद्यार्थीप्रति खुसी व्यक्त गर्दै आफुलाई गौरव लागेको बताए ।
पीसीपीएस अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनेरिंग र बिजनेस एड मिनिस्ट्रेसन् बिषयहरुला स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ । यसैगरी यस कलेजले फुसेमसिंस नामक कम्पनि सँग साझेदारी गरि आर्टिपिसिएल इन्टेलिजेन्स बिषयमा माइक्रो डिग्री कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

प्रकाशित समय : १३:२५ बजे


















