गृहपृष्ठ एनआईसी एशिया बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा अग्रवाल सर्वसम्मत
एनआईसी एशिया बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा अग्रवाल सर्वसम्मत
एनआईसी एशिया बैंकको २४औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । आर्मी अफिसर्स क्लबमा सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७-७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
यस्तै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । सो सभाले गत कात्तिक १० मा सम्पन्न सञ्चालक समितिको ५१२ औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा बिजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदन समेत गरेको छ ।
बैंकको वार्षिक साधारण सभामा सञ्चालक समितिको सदस्य निर्वाचन गर्ने कार्यक्रम समेत रहेकोमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधरण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३-३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ । सो बमोजिम संस्थापक सेयरधनीको तर्फबाट तुलसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघई निर्विरोध निर्वाचित भएको छ । यस्तै सर्वसाधारण सेयरधनीकाे तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।
उक्त सभाले सञ्चालक समितिका निवर्तमान सदस्यद्वय राजेन्द्र प्रसाद अर्याल तथा विनोद कुमार प्याकुरेललाई उनीहरुले बैंकको प्रगतिमा दिएको योगदानको कदर गर्दै उनीहरुको सफल कार्यकालको उच्च मूल्यांकन गरेको छ । साधारण सभा सम्पन्न भएपश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको बैंठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन समेत गरेको बैंकले जनाएको छ ।
.jpg)
प्रकाशित समय : १३:०६ बजे


















