गृहपृष्ठ स्वदेश फर्किए प्रधानमन्त्री देउवा
स्वदेश फर्किए प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार राति स्वदेश फर्किएका छन् । भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी उनी आइतबार राति काठमाडौँ आइपुगेका हुन् ।
प्रधानमन्त्री देउवा आइतबार बनारस पुगेका थिए । उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बनारसमा स्वागत गरेका थिए । भारत भ्रमणका बेला चारबुँदे सम्झौतामा हस्ताक्षर गरिएको छ । नेपाल भारतबीच नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम तथा भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
शनिबार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका थिए । दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन गरेका हुन् । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच ‘वन टू वन’ वार्ता भएको थिए । दुई देशबीच सम्बन्ध सुदृढ गर्नेबारे छलफल भएको थियो ।
प्रकाशित समय : ०२:०५ बजे

















