nmb bank

गृहपृष्ठ नेपालगञ्ज र धरानपछि धनगढीमा ट्राभल मार्ट हुँदै

नेपालगञ्ज र धरानपछि धनगढीमा ट्राभल मार्ट हुँदै

नेपालगञ्ज र धरानपछि धनगढीमा ट्राभल मार्ट हुँदै

नेपालगञ्ज र धरानपछि धनगढीमा ट्राभल मार्ट आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा धनगढी उपमहानगरपालिकाको सहआयोजना र नाट्टा फारवेष्टको संयोजनमा यही चैत २५ देखि २७ गतेसम्म धनगढीमा फारवेष्ट ट्राभल मार्ट आयोजना हुने भएको हो ।

कोभिड-१९ पछि सुस्ताएको पर्यटन व्यवायलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित पर्यटन बोर्डले सीमावर्ती (बोर्डर क्षेत्र)मा पर्यटन गतिविधि बढाउन यस्तो मार्टको आयोजना गरिरहेको छ । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरूको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत-बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा 'प्रादेशिक ट्राभल मार्ट'को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमअनुरुप मार्ट आयोजना गर्न लागिएको पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए ।

फारवेष्ट ट्राभल मार्ट २०२२ मा ब्युटीफुल फारवेष्ट, सुक्ला टु अपी सैपालको ब्रान्डिङ गरी समग्र सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गरिने पर्यटन बोर्डको योजना रहेको छ । यस मार्टमा नाट्टा फारवेष्टका साथै स्थानीय पर्यटन सम्वद्ध संस्थाहरुको सहभागितासमेत रहनेछ । यसअघि बोर्डले नेपालगञ्ज उपमहानगरपालिका र धरान उपमहानगर पालिकासँगको समन्वयमा नेपालजञ्जमा बेस्ट टुरिजम मार्ट र धरानामा इष्ट टुरिज्म मार्ट सम्पन्न गरिसकेको छ ।

फारवेष्ट ट्राभल मार्ट २०२२ मा सीमावर्ती भारतीय सहरहरु लखिमपुर, बरेली, रुद्रपुर, नैनीताल, देहरादून र भारतको राजधानी दिल्लीबाट करिब ४० जना टुर अपरेटरलाई क्रेताको रुपमा सहभागी गराई प्रदेशका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायकहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री प्रवर्द्धन गर्ने विषयमा व्यवसायिक अन्तर्क्रिया बी टु बी (बिजनेश टु बिजनेश) गराइने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बताए । साथै भारतबाट केही ब्लगर र सञ्चारकर्मीहरुलाई समेत मार्टमा आमन्त्रित गरी पर्यटकीय गन्तव्य तथा गतिविधिहरुको प्रचार प्रसार गरिने उनले जानकारी दिए ।

प्रकाशित समय : ०१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु