काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुमारी बैंक २१औं वर्षमा, ल्यायो आकर्षक अफर

11.82K
shares

कुमारी बैंक लिमिटेडले यही चैत २० गते २०औं वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गर्दैछ । बैंकले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको जनाएको छ ।

यो प्रवर्द्धनलाई अझ सशक्त बनाउने उद्देश्यले बैंकको कार्ड तथा डिजिटल भुक्तानी शाखाले तल उल्लेखित अभियानहरू प्रस्तुत गरेको छ:

डेबिट र क्रेडिट कार्डको हकमा:

बैंकको वार्षिक उत्सवका अवसरमा चैत २० गते कुमारी बैंक लिमिटेडको कार्डमार्फत पीओएस अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतममा २१ सय रूपैयाँसम्म क्यासब्याक प्रदान गर्ने छ । यो सुविधा एटीएमबाट पैसा झिक्दा लागू हुने छैन ।

पहिलोपटक मोबाइल टपअप वा पहिलो क्यूआर भुक्तानी गर्दा:

बैंकको वार्षिक उत्सवका अवसरमा कुमारी स्मार्ट मोबाइल बैकिङ एप प्रयोग गरी पहिलो पटक मोबाइल टपअप गर्दा वा चैत २० गतेको दिन पहिलो क्यूआर भुक्तानी गर्दा अधिकतममा २१० रूपैयाँ सम्मको क्यासब्याक प्राप्त हुनेछ ।

हेलिकप्टरमार्फत गोसाइँकुण्ड जाने:

कुमारी बैंकको २१औं वार्षिकोत्सवको अवसरमा हेलिकप्टर (सिम्रिक एयर)मार्फत गोसाइँकुण्ड जाने कुमारी बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कुल खर्चभन्दा १२ हजार ५०० रूपैयाँ छुट प्रदान गरिनेछ । यो छुटको प्रावधान वार्षिकोत्सवदेखि एक महिनासम्म प्राप्त गर्न सकिनेछ ।

'लक्की ड्र'मार्फत एक ग्राहकलाई दुबई भ्रमण:

बैंकको वार्षिकोत्सवका दिनदेखि सात दिनभित्र कुमारी स्मार्टमार्फत क्यूआर पेमेन्ट, फन्ड ट्रान्सफर्मर अथवा मोबाइल टपअप गर्दा लक्की ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण उपलब्ध हुनेछ । लक्की ड्र मार्फत छानिएका विजेताले तीन महिनाभित्रमा यस योजनाको उपभोग गर्नुपर्ने छ । साथै विजेताले आफूसँग थप एकजनालाई भ्रमणमा लिएर जान सक्नेछन् ।