काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

609
shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले केरौन १३२र३३ के.भि. सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ ।

प्राधिकरणले जारी गरेको सूचना अनुसार शनिबार र आइतबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म (८ घण्टा) झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाहरूको सम्पूर्ण भागहरू तथा मोरङ जिल्लाको उर्लाबारी र पथरी आसपासका क्षेत्रहरूमा पूर्ण वा आंशिक रूपमा विद्युत आपूर्ति बन्द हुनेछ ।

केरौन सबस्टेसनको उपकरणहरू परीक्षण तथा सबस्टेसन सञ्चालनका लागि दुहबी ग्रिड महाशाखा अन्तर्गत दुहबी—दमक १३२ के.भि. प्रसारण लाइनको केरौनस्थित टावर नं. ६८ तथा ६९ को बीचमा डेड इण्ड टावरदेखि टेक अफ ग्यान्ट्रीसम्म लुप—इन लुप—आउट (LILO) गर्नुपर्ने भएकाले विद्युत आपूर्ति प्रभावित हुने भएको छ ।

अर्नब चक्रवातको प्रभावका कारण शनिबारको दिन काम सुरु हुन नसकेको वा आंशिक रूपमा मात्र काम गर्न सक्ने अवस्था सिर्जना भएको खण्डमा आइतबार बिहान ४ बजेदेखि १६ बजेसम्म तथा सोमबार बिहान ४ बजेदेखि १० बजेसम्म समेत विद्युत आपूर्ति बन्द हुन सक्ने प्राधिकरणले जनाएको छ ।

निर्धारित समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा त्यस अगावै सुचारु हुन सक्नेछ ।