गृहपृष्ठ एनआईसी एशिया बैंकको साधारण सभा आइतबार
एनआईसी एशिया बैंकको साधारण सभा आइतबार
नआईसी एशिया बैंक लिमिटेडले चैत २० गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ९ बजे २४ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने , आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु साधारण सभाबाट पारित गर्ने एजेण्डा रहेको छ ।
बैंकले गत आवको नाफाबाट १५ प्रतिशत बोनस प्रस्ताव गरेर स्वीकृतका लागि नियामक निकाय राष्ट्र बैंकमा पठाएकोमा केन्द्रीय बैंकले लाभांशमा रोक लगाएपछि बैंकले यो वर्ष लाभांश विनानै साधारण सभा आयोजना गर्न लागेको हो । कम्पनीका शेयरधनीले यस वर्ष लाभांश नपाउने भएका छन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरी नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागेको थियो ।
बैंकको उच्च कर्जा विस्तारका कारण क्यापिटल कन्जरभेसन बफर नदेखिएको भन्दै राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो । त्यसपछि कम्पनीको लाभांश रद्द भएको छ ।
साधारण सभाका लागि बैंकले चैत ८ गते मंगलबारदेखि २० गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज)गरेको छ । बुकक्लोजअनुसार बैंकको २४ औं वार्षिक साधारण सभामा मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले भाग लिन पाउने भएका छन् ।
प्रकाशित समय : २२:३२ बजे


















