global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ अरुण तेस्रोको छ्यांगकुटी-दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने

अरुण तेस्रोको छ्यांगकुटी-दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने

अरुण तेस्रोको छ्यांगकुटी-दिदिङ खण्डको छुट मुआब्जा उपलब्ध गराइने

सङ्खुवासभाको अरुण-३ जलविद्युत् परियोजनाको पहुँच मार्गअन्तर्गत छ्यांगकुटी-दिदिङ ९०-२४ (किमी) खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ । छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

यसअघि मुआब्जा नपाएका तर लगत कट्टा भई सरकारी स्वामित्व कायम भएका जग्गा र यसअघि मुआब्जा वितरण वा निर्धारण भएकोभन्दा बढी जग्गा लगत कट्टा भई सरकारी स्वामित्व कायम भएको जग्गालाई जग्गाप्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जा वितरण गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको हो ।

उक्त निर्णयसँगै अब मुआब्जा लिन बाँकी रहेकाले मुआब्जा पाउने भएका छन् ।

प्रकाशित समय : १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु