nmb bank

गृहपृष्ठ हेटौंडा मेयर कप फुटबल स्थगित

हेटौंडा मेयर कप फुटबल स्थगित

हेटौंडा मेयर कप फुटबल स्थगित

हेटौंडा उपमहानगरपालिकाको आयोजनामा २० चैतका लागि तय भएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको छ । २०-३० का लागि तय भएको प्रतियोगिता अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो । स्थानीय तहको निर्वाचन नजिकिएका कारण देखाउँदै पाँचौं संस्करणको प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमप्रसाद पौडेलले एक सूचना जारी गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी गराएका थिए ।

प्रकाशित समय : १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु