nmb bank

गृहपृष्ठ प्रधानमन्त्रीको भारत भ्रमण, ५० जनाको जम्बो टोली लिएर आज नयाँ दिल्ली उड्दै

प्रधानमन्त्रीको भारत भ्रमण, ५० जनाको जम्बो टोली लिएर आज नयाँ दिल्ली उड्दै

प्रधानमन्त्रीको भारत भ्रमण, ५० जनाको जम्बो टोली लिएर आज नयाँ दिल्ली उड्दै

भारतको तीन दिने औपचारिक भ्रमण गर्न लागेका प्रधानमन्त्री शेरबहादुर देउवा आज दिउँसो नयाँ दिल्ली उड्दै छन् । प्रधानमन्त्री देउवाले ५० सदस्यीय टोलीको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली उड्ने तयारी गरेका हुन् । पाँचौपटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका देउवाको यो पहिलो भारत भ्रमण हो ।

भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनायो । भ्रमण टोलीमा परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री लगायत रहने छन् । भारत बसाइको क्रममा प्रधानमन्त्री देउवाले द्विपक्षीय हित, सहयोग अभिवृद्धि लगायतका विषयमा भारतीय पक्षसँग छलफल गर्ने छन् ।

भारतसँग रासायनिक मलको सहज आपूर्ति, बिजुली आयात-निर्यात, सीमा विवाद लगायतका विषयमा छलफल गर्ने तयारी छ । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको एजेण्डा सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्री देउवाले १९ गते प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही अवसरमा दुवै देशका प्रधानमन्त्रीले जनकपुर जयनगर रेल सेवाको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित समय : १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु