गृहपृष्ठ १ सयले बढ्यो सुनको मूल्य
१ सयले बढ्यो सुनको मूल्य
आज बिहीबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सयले नै बढेर ९८ हजार ४ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ५० रुपैयाँमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ७९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार ३६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा तोकेको छ ।
प्रकाशित समय : १६:४६ बजे


















