global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सातै प्रदेशमा ईवीमा स्टार्टअप फेस्ट र डिजिटल संवाद कार्यक्रम हुँदै

सातै प्रदेशमा ईवीमा स्टार्टअप फेस्ट र डिजिटल संवाद कार्यक्रम हुँदै

सातै प्रदेशमा ईवीमा स्टार्टअप फेस्ट र डिजिटल संवाद कार्यक्रम हुँदै

लिभिङ विथ आईसीटीले सातै प्रदेशमा इबिमाले मुख्य प्रायोजन गरेको 'स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२' कार्यक्रम आयोजना गर्ने भएको छ । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानिय नव प्रर्वदकहरुलाई प्रवद्धन गर्ने र आवश्यक लगानी समेत जुटाउने उदेश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो । २०७८ चैत १८ गते गण्डकी प्रदेशबाट सुरु हुने कार्यक्रम २०७९ जेष्ठ दोश्रो साता बागमती प्रदेशमा समापन हुनेछ ।

चैत १८ गते गण्डकी प्रदेशको पोखराबाट कार्यक्रमको सुरुवात हुदैछ भने जेष्ठ दोश्रो हप्ता बागमती प्रदेशको चितवनमा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ । पहिलो चरणमा पोखरापश्चात चैत २३ गते बुटवल, चैत २७ गते बिरगञ्ज र बैशाख २ गते बिराटनगरमा कार्यक्रम आयोजना हुनेछ । दोश्रो चरणमा सुदुपश्चिम, कर्णाली र बागमतीमा कार्यक्रम आयोजना हुनेछ ।

हरेक प्रदेशको कार्यक्रममा कम्तिमा ३० बढि स्टार्टअपहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा प्रदेश सरकार, स्थानिय सरकार, नीजि क्षेत्र र सरोकारवालाहरुको उपस्थितीमा डिजिटल रुपान्तरणमा प्रदेश विषयमा विशेष अन्तकृया तथा डिजिटल संवाद कार्यक्रम पनि आयोजना हुनेछ । विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म विभिन्न सेसन र प्रदर्शनी कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । स्टार्टअपहरुले नि:शुल्क सहभागि हुने अवसर प्राप्त गर्नेछन् । भने कार्यक्रममा अवलोकन तथा सहभागिताको लागि पनि प्रवेश निशुल्क गरिएको छ ।

कार्यक्रममा इबिमा, राष्ट्रिय वाणिज्य बैंक, निमा एकेडेमी, सफ्टवेरिका कलेज, एसीसीए, ब्रोडवे इन्फोसिस, सीएसआईटी एसोसिएसन लगायतको सहकार्य तथा सहयोग रहेको छ । यसैगरी सोहि दिन आयोजना हुने प्रादेशिक डिजिटल संवाद कार्यक्रममा ह्वावे, इन्फोडेभलपर्स, नेपाल दुरसञ्चार प्राधिकरण लगायत प्रदेश सरकारहरुको सहकार्य रहेको छ । डिजिटल संवाद कार्यक्रम प्रदेश सरकार, स्थानिय सरकार, सरोकारवाला र नीजि क्षेत्रको उपस्थितीमा विशेष अन्तकृयात्मक रुपमा सञ्चालन हुनेछ ।

संघिय तथा प्रादेशिक सरकारहरुले पनि इन्नोभेसन र उद्यमशिलताको विकासमा ध्यान दिनसकेमा आफ्नै ठाँउबाट धेरैलाई रोजगारी सृजना गर्दै विदेशी रकम समेत आर्जन गर्न सकिने अवस्था छ । सरकारले हरेक वर्ष बजेटमा स्टार्टअप फण्ड कार्यक्रम ल्याएपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । स्टार्टअप सम्वन्धी सरकारले नीति बनाउने प्रयास गरिरहेको छ तर लामो समयदेखि यो यस क्षेत्रमा आवश्यक सहयोग र सहुलियत उपलब्ध गराउन माग हुदै आइरहेको छ । नीजि क्षेत्रबाट स्टार्टअप र उद्यमशिलताको विकास र प्रवद्धनमा विभिन्न किसिमका प्रयासहरु भने भइरहेका छन् ।

प्रकाशित समय : २२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु