गृहपृष्ठ परराष्ट्रमन्त्री खड्का द्विपक्षीय भेटवार्तामा व्यस्त
परराष्ट्रमन्त्री खड्का द्विपक्षीय भेटवार्तामा व्यस्त
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलंकाको कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का आज बिहानैदेखि द्विपक्षीय भेटवार्तामा व्यस्त भएका छन् ।
आज बिहान उनले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशंकरसँग भेटवार्ता गरेका थिए भने अपराह्न बङ्गलादेश र थाइल्याण्डका विदेशमन्त्रीलाई बेग्लाबेग्लै भेटेर द्विपक्षीय एवं बहुपक्षीय चासोका विविध विषयमा विचारविमर्श गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री खड्काले थाइल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री दोन प्रमुदिनाइ र बङ्गलादेशका विदेशमन्त्री ए के अब्दुल मोमनसँगको भेटमा व्यापार, लगानी तथा पर्यटन विकासबारे छलफल गरेका थिए । यसैबीच, मन्त्री खड्काले मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै बिम्स्टेकको पुनरुत्थानका लागि नवीकरणीय संकल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यमा जोड दिए । संगठनलाई गतिशील तुल्याउन वर्तमान चुनौतीअनुरुप नवीन मार्गहरू पहिल्याउनुपर्ने उनले बताए ।
प्रकाशित समय : २२:५३ बजे



















