गृहपृष्ठ चरिकोटमा शिवम् सिमेन्टको ग्राहक अन्तर्क्रिया कार्यक्रम
चरिकोटमा शिवम् सिमेन्टको ग्राहक अन्तर्क्रिया कार्यक्रम
शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकहरुसँग 'ग्राहक अन्तर्क्रिया' कार्यक्रम सम्पन्न गरेको छ । निर्माणसम्बन्धी विभिन्न निकायका प्रतिनिधि सहभागी उक्त कार्यक्रममा हाल निर्माण कार्य गरिरहेका ४० ग्राहकहरु उपस्थित रहेका थिए ।
कार्यक्रममा भवन निर्माण प्रक्रिया, निर्माण पूर्व ग्राहकहरुले सम्बन्धित निकायबाट लिनुपर्ने सेवा सुविधा तथा निर्माण कार्यमा गुणस्तरीय निर्माण सामग्रीको महत्वलगायत विषयमा स्पष्ट्याएका थिए । उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माण कार्य गरिरहेका ग्राहकलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माण कार्र्य गर्दा दिनहुँ आईपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।
शिवम् सिमेन्टले ग्राहकहरु संग अझ बढि अन्तर सम्बन्ध कायम राख्न अन्तक्रिया कार्यक्रम सुरुवात गरेको छ । यस अघि देशका विभिन्न स्थानका निर्माणकर्मी (मेशन)हरुलाई अन्तक्रिया कार्यक्रम दिइँदै आइरहेको थियो । निर्माण कार्य गरिरहेका ग्राहकहरुले निर्माणसम्बन्धी दक्ष प्राविधिकद्वारा निर्माणसम्बन्धी प्राविधिक सेवा लिन चाहे शिवम् सिमेन्टले निरन्तर रुपमा विक्रि पछिको नि:शुल्क प्राविधिक सेवा समेत दिँदै आहिरहेको छ ।
प्रकाशित समय : १७:३२ बजे



















