गृहपृष्ठ स्थानीय तह निर्वाचनका लागि तनहुँमा २३ राजनीतिक दल दर्ता

स्थानीय तह निर्वाचनका लागि तनहुँमा २३ राजनीतिक दल दर्ता

स्थानीय तह निर्वाचनका लागि तनहुँमा २३ राजनीतिक दल दर्ता

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँमा तेइस राजनितिक दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन् । सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

उक्त दलबाहेक अन्य व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न चाहे स्वतन्त्ररुपमा चुनावमा उठ्न सक्ने छन् ।

राष्ट्रिय मान्यताप्राप्तबाहेक सत्र वटा दललाई उनीहरुको विधानमा उल्लेख भएअनुरुपको चुनाव चिह्न प्रदान गरिने उनले बताए । निर्वाचनलाई मध्यनजर गर्दै एक हजार दुई सय मतपेटिका तयारी अवस्थामा राखिएको र ती मतटपेटिका ४३, ८० र ८५ लिटर क्षमताका छन् ।

चैत १३ गतेभित्र जिल्लाको अन्तिम मतदाता नामावली प्रकाशित गरिने कार्यालय प्रमुख ढकालले जानकारी दिए । निर्वाचनको लागि जिल्लामा एक हजार ६०० जनशक्ति आवश्यकता पर्ने बताइएको छ ।

प्रकाशित समय : १५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु