गृहपृष्ठ भारु २ हजार र ५ सयको नोट चल्ने व्यवस्था मिलाउन निजी क्षेत्रको माग

भारु २ हजार र ५ सयको नोट चल्ने व्यवस्था मिलाउन निजी क्षेत्रको माग

भारु २ हजार र ५ सयको नोट चल्ने व्यवस्था मिलाउन निजी क्षेत्रको माग

नेपालमा भारतीय रुपैयाँ २ हजार र ५ सयका नोट चल्ने व्यवस्थाका लागि निजी क्षेत्रले माग गरेको छ । संघीय संसदअन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि सुझाव लिन बोलाएको बैठकमा निजी क्षेत्रबाट यस्तो सुझाव आएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् महासंघको कर तथा राजस्व समितिका सभापति सन्दिप अग्रवालले नेपालमा भारतीय पर्यटकको सहजताका लागि भारु २ हजार र ५ सयका नोटको कारोबारलाई नेपालमा वैध बनाउनुपर्ने बताएका हुन् ।

‘विदेशी मुद्रा आर्जन गर्नका लागि पर्यटन प्रमुख क्षेत्र हो । भारतीय पर्यटकलाई नेपालमा सहजताका लागि त्यहाँका डेबिट र क्रेडिट कार्ड सहजरूपमा चल्न सक्नुपर्छ, अग्रवालले भने, ‘भारु ५ सय र २ हजारका नोट पर्यटकले गोजीमै बोकेर आउँछन् ।’

छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भारु ५ सय र २ हजारका नोट नेपालमा चल्न दिँदा मुलुकलाई नै फाइदा हुने उल्लेख गरे । ‘अहिले डलर बेचेर भारु किन्नुपर्ने अवस्था नेपालको छ । यस्तो परिवेशमा हामीले भारतबाट नेपाल आउँदा बोक्न मिल्ने रकमको थ्रेस होल्ड भारु २५ हजारबाट भारु २ लाख ५० हजारसम्म बनाउन सकिन्छ’, मल्लले भने ।

प्रकाशित समय : १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु