गृहपृष्ठ विश्वकप छनोट : भेनेजुएलाको पोस्टमा अर्जेन्टिनाको तीन गोल
विश्वकप छनोट : भेनेजुएलाको पोस्टमा अर्जेन्टिनाको तीन गोल
विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित निकालेको छ । शनिबार बिहान भएको खेलमा भेनेजुएलाको पोस्टमा ३ गोल गर्दै अर्जेन्टिनाले जीत निकालेको हो । बदलामा भेनेजुएलाले एक गोल पनि फर्काउन सकेन ।
अर्जेन्टिनाको जीतमा निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल मेस्सीले एक/एक गोल गरे । खेलको ३५ औं मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा डी मारियाले गोल गर्दा ८२ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३-० को जित दिलाए ।
यस जितसँगै अर्जेन्टिनाले १६ खेल ३८ अंक जोडेको छ । विश्वकपमा यस अघि नै छनोट भईसकेको अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा रहेको छ। भेनेजुएला १० अंक जोडेर पुछारमा रहेको छ ।
प्रकाशित समय : १३:५३ बजे


















