गृहपृष्ठ नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिन

नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिन

नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिन

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत पौडीको महिलातर्फको १०० मिटर फ्रिस्टाइल खेलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन् ।

जापानको टोक्यो एक्वाटिक सेन्टरमा आज भएको प्रतिस्पर्धामा आर्याले १ मिनेट ४।३५ सेकेन्डको समय निकालिन् । पैतीस खेलाडी सहभागी यस स्पर्धामा उनी समग्रमा ३०औँ स्थानमा रहिन् ।

यसअघि हिजो भएको खेलमा पनि आर्या ५० मिटर ब्याकस्ट्रोकमा ३३.४० सेकेन्डसहित ३१ खेलाडीमध्ये २७ औँ स्थानमा रहेकी थिइन् । हिजै भएको खेलमा नेपालका डुवाना लामा, जादेन श्रेष्ठ र एर्भिन श्रेष्ठ पनि आ–आफ्ना स्पर्धाबाट बाहिरिएका थिए ।

अब एसियाडमा २०२६ को पौडीतर्फ नेपालको तीन स्पर्धा मात्र बाँकी छन् । अब डुवानाले १०० मिटर ब्याकस्ट्रोक, अभिव प्रधानले ५० मिटर बटरफ्लाइ तथा जादेनले ५० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित समय : १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु