गृहपृष्ठ सुनचाँदीको मूल्य ओरालो

सुनचाँदीको मूल्य ओरालो

सुनचाँदीको मूल्य ओरालो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार ७०० र चाँदीको मूल्य ३० घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७७५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला तीन लाख तीन हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८०५ कायम भएको थियो ।

प्रकाशित समय : १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु