काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लाइसेन्सको आवेदन जेठ १ बाट मात्रै खुल्ने

16.74K
shares

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन आगामी जेठबाट मात्रै खुल्ने भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्सको आवेदन जेठ १ गतेदेखि मात्रै खुला गर्ने भएको हो ।

अहिले परेका आवेदनको परीक्षा लिईसकेपछि मात्रै नयाँ आवेदन खुलाईने विभागका महानिर्देशक नमराज घिमिरेको भनाई छ । विभागले आवेदन दिनेको चाप थेग्न गाह्रो भएको भन्दै विभागले केही दिनअघि सूचना प्रकाशित गरी अनिश्चित कालका लागि आवेदन प्रणाली बन्द गरेको थियो ।

हाल लाइसेन्सका लागि ७ लाख ७२ हजारको आवेदन परेको छ ।