गृहपृष्ठ मोटरसाइकल लाइफस्टाइल इभेन्ट आयोजना हुने
मोटरसाइकल लाइफस्टाइल इभेन्ट आयोजना हुने
ह्वाइटह्याट इभेन्ट्स एण्ड फोटोग्राफी, काठमाडौँमा अवस्थित एक इभेन्ट म्यानेजमेन्ट कम्पनीले सम्पूर्ण नेपाली मोटरसाइकल पारखीहरूको लागि मोटरसाइकल लाइफस्टाइल इभेन्टहरू आयोजना गर्ने भएको छ । छायाँ सेन्टर, ठमेलमा वैशाख २२ गतेदेखि वैशाख २५ गतेसम्म आयोजना हुने यस X3 मोटो फेस्टमा नेपालका विभिन्न प्रतिष्ठित टू व्हिलर ब्रान्डहरूले आफ्ना उत्पादनहरू प्रदर्शनमा राख्नेछन् । असाधारण, रोमाञ्चक, अनुभव जस्ता शब्दहरुले वर्णनन् गर्न सकिने यस इभेन्टमा रहेका विभिन्न ब्राण्डका स्टलहरुबाट पारखीहरुले आफूलाई मनपर्ने मोटरसाइकल खरिद वा बुकिङ गर्न सक्नेछन् । यसका साथै उक्त इभेन्टमा चर्चित नेपाली कलाकार सविन राई एन्ड द फारो, मुक्ति एन्ड रिभाइभल तथा अन्य आर्टस्टि कन्सर्ट समेत आयोजना हुनेछ ।
मोटो फेस्टमा मोटरसाइकल सहित एक्सेसरीज, खाना र पेय पदार्थहरूको स्टलहरू पनि हुनेछन् । व्हाइट ह्याट इभेन्ट्स एण्ड फोटोग्राफीद्वारा पहिलो पटक आयोजना गर्न लागिएको यस इभेन्टलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने सोच बनाएको छ ।
यस इभेन्टमा सहभागी हुन इच्छुक सम्पूर्णहरुका लागि चाँडै नै विभिन्न प्लेटफर्महरू मार्फत टिकटहरू उपलब्ध गराइने छ । अहिलेको लागि ह्घमोटो फेस्टको आधिकारिक सामाजिक मिडियाहरु जस्तै इन्स्टाग्राम (@x3motoest) र फेसबुक(X3 Motofest)मार्फत इभेन्ट सम्बन्धि विभिन्न जानकारीहरु उपलब्ध गराइएको छ ।
प्रकाशित समय : १७:२३ बजे


















