गृहपृष्ठ सुनचाँदीकाे मूल्य बढ्यो

सुनचाँदीकाे मूल्य बढ्यो

सुनचाँदीकाे मूल्य बढ्यो

सुनको मूल्य बढेर तोलाको एक लाख १ हजारनजिक पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको १ लाख ९०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४०० रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३०० रुपैयाँ र तेजावी सुन ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदी तोलामा २५ रुपैयाँले बढेको हो । शुक्रबार चाँदीको मूल्य तोलाको १ हजार ४०० रुपैयाँ कायम गरिएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबारको तुलनामा बिहीबार सुन तोलामा १ हजार १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेर कारोबार भएको थियो ।

प्रकाशित समय : १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु