गृहपृष्ठ टोटेनहमको जितमा सनको दुई गोल

टोटेनहमको जितमा सनको दुई गोल

टोटेनहमको जितमा सनको दुई गोल

सन ह्युङ मिनको दुई गोलको सहयोगमा टोटेनहमले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा खेलको टोटेनहमलाई जित दिलाउन सन ह्युङ मिनले दुई गोल गरे । एक गोल टोटेनहमले आत्मघाती उपहार पाएको थियो ।

उता वेस्ट हमका लागि सेद बेन्रहामले एक गोल फर्काए । खलेको नवौँ मिनेटमा कुर्ट जोउमाको आत्मघाती गोलबाट टोटेनहमले अग्रता बनाएको थियो ।​​ २४औँ मिनेटमा सनले गोल दर्गै टोटेनहमको अग्रता दोब्बर पारे । वेस्ट हमका लागि ३५औँ मिनेटमा सेदले गोल गर्दै टिमलाई २-१ को स्थितमा ल्याए ।

यता टोटेनमहका लागि ८८ औँ मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल टिमलाई ३-१ को जित दिलाए । जितसँगै टोटेनहमले २९ खेलमा ५१ अंक जोडेको छ । टोटेनहम पाँचौँ स्थानमा उक्लिएको छ । पराजित वेस्ट हम ४८ अंक जोडेर सातौँ स्थानमा छ ।

प्रकाशित समय : १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु