काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

​ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

11.91K
shares

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र डा.कुमार चुडालको इजलासमा मुद्दाको पेसी तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लोकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले प्रतिनिधिसभा विघटनपछि सरकार काम चलाउ हुँदा मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भन्दै विस्तार गर्ने निर्णय खारेज गर्न माग गरेका थिए ।

मन्त्रिपरिषद् विस्तार गर्ने ओली हाल विपक्षी दलका नेता हुन । तर, मुद्दाको टुंगो लागेको छैन । ओलीले प्रतिनिधिसभा विघटन गरेको तीन दिनपछि १० पुस,२०७७ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।