काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शिक्षकहरुको पेशागत क्षमता एवं व्यक्तित्व विकाससम्बन्धी अभिमुखीकरण

13.71K
shares

नेशनल प्याब्सन भक्तपुरले पूर्वप्राथमिक तह स्तरोन्नतिका लागि शिक्षकहरुको पेशागत क्षमता एवं व्यक्तित्व विकास विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना सदस्य विद्यालयहरुमा शिक्षाको जगको रुपमा रहेको पूर्वप्राथमिक तह सुदृढ गर्ने उद्देश्यले 'पूर्वप्राथमिक तह स्तरोन्नति-२०७८' कार्यक्रमको सुरुवात गरेसँगै शनिबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएकाे हाे ।

यही चैत्रबाट सदस्य विद्यालयरुमा सुरु गरिने 'पूर्वप्राथमिक तह स्तरोन्नति-२०७८' कार्यक्रम हरेक विद्यालयमा पुर्‍याउनुअघि सहजीकरणको लागि कार्यक्रम आयोजना गरिएको नेशनल प्याब्सन भक्तपुरले जनाएकाे छ । नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं मदरल्याण्ड स्कुलका सञ्चालक/प्रिन्सिपल संजय खड्काले प्रि-स्कुलका शिक्षकहरुको स्तर बढेपछि मात्र स्कुलले प्रगति गर्न सक्ने बताए । 'असारमा ध्यान रोपेर मंसिरमा राम्रो फल पाउन उचित मलजल र गोडमेल गर्नु परेजस्तै शिक्षकहरुका लागि पनि निरन्तर क्षमता अभिवृद्धिका कार्यक्रम गर्नुपर्छ,' उनले भने । निजी विद्यालयको स्तरोन्नति भए मात्र शिक्षकहरुलाई पनि प्रोत्साहन सुविधाहरु दिन सकिने भएकाले पूर्वप्राथमिकका शिक्षकहरु नै स्कुलको शैक्षिक जग भएकाले परिस्कृत रुपमा आफ्नो विद्यालयमा कार्य गर्न उनले आग्रह गरे  ।

अध्यक्ष खड्काले मन्टेश्वरीको बोर्ड र प्ले स्टेसन हुँदैमा राम्रो इसीडी तथा प्रि-स्कुल नहुने भएकाले निरन्तर तालिम र शिक्षकहरुलाई पुनर्ताजगी प्रदान गरी शैक्षिक प्रवर्द्धनका लागि अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा १४६ जना शिक्षकहरु सहभागी थिए ।

कार्यक्रममा फिनिक्स मन्टेश्वरीकी सञ्चालिका एवं प्रशिक्षकद्वय रीता घिमिरे तिमिल्सिना र रीता आचार्यले सहजीकरण गरेका  थिए । नेशनल प्याब्सन भक्तपुर र फिनिक्स मन्टेश्वरी तालिम सेन्टर कुमारीपाटीबीच सहकार्यको ३ वर्षे सम्झौता भएकाले विद्यालयलाई मजबुत बनाउन फिनिक्स मन्टेश्वरीले शिक्षकहरुलाई तालिम दिने, अभिभावक शिक्षा सञ्चालन गर्ने र आवश्यक शैक्षिक परामर्शसमेत दिने लगायतका कार्यमा सघाउने नेशनल प्याब्सनका सचिव तथा इडेन गार्डेन स्कुलका प्रिन्सिपल जय प्रकाश राईले बताए ।