global ime bank Long Banner Ad

गृहपृष्ठ अवैध लागूऔषध सहित एक जना पक्राउ

अवैध लागूऔषध सहित एक जना पक्राउ

अवैध लागूऔषध सहित एक जना पक्राउ

दुधौली नगरपालिका-९ दुधौली बजारस्थित स्ट्यान्डर होटलबाट करिब १ ग्राम ९ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र करिब ५५ ग्राम अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने काठमाडौं महानगरपालिका-३१ रातोपुल घर भएका २८ वर्षीय रमेश महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रमेशसँग लागूऔषध रहेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले तलासी गर्दा उनको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित समय : १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु