global ime bank Long Banner Ad

गृहपृष्ठ चुनाव लड्न पहिला जनप्रतिनिधिको राजीनामा

चुनाव लड्न पहिला जनप्रतिनिधिको राजीनामा

चुनाव लड्न पहिला जनप्रतिनिधिको राजीनामा

बैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचन आउन अब मात्र ५७ दिन बाँकी छ । निर्वाचन आयोगले चुनावका सबै तयारी तीव्र गतिमा चलाइरहेको छ भने खेलाडीका रुपमा रहेका राजनीतिक दलहरुसमेत मैदानमा उत्रिएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसमेत चुनावी गतिविधिसहित घरदैलो केन्द्रीत बनेका छ । दलहरु पूर्णतः चुनावी सरमर्गीमा डुबेका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेद्वार छनोट गर्न पार्टीले विधि निर्माण गरिरहेका छन् । नेकपा एमालेले भर्खरैमात्र उम्मेद्वार छनोटको विधि तयार पारेको छ भने अन्य दल पनि त्यसको तयारीमै छन् ।

स्थानीयस्तरका नेताहरु भने आ-आफ्नै तयारीका साथ चुनावी मैदानमा छन् । विगत पाँच बर्षदेखि स्थानीय तहको नेतृत्व गरेका जनप्रतिनिधिसमेत कार्यकाल दोहोर्‍याउनका लागि रस्साकस्सी चलाइरहेका छन् । ठिक यसैबेला कार्यकाल दोहोर्‍याउने तयारीमा रहेका जनप्रतिनिधिहरुलाई निर्वाचन आयोगको आचारसंहिताले संकटमा पारेको छ । अब उम्मेद्वार बन्न चाहने जनप्रतिनिधिले पहिला पदबाट राजीनामा दिनुपर्ने भएको छ । 

सरकारी स्रोतको दुरुपयोग गर्न सक्ने भन्दै निर्वाचन आयोगले नयाँ आचारसंहितामा यस्तो प्रावधान राखेको हो । आयोगका प्रवक्ता शालिग्राम पौडेलले आचारसंहिता कानुन मन्त्रालयबाट सम्पादन भएर आएपछि राजपत्रमा प्रकाशनका लागि बुधबार साँझ पठाएको बताए ।

स्थानीय तहबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान रहेकाले आचारसंहितामा यो प्रावधान राखिएको आयोगले जनाएको छ । ऐनको दफा १३ ‘घ’ मा स्थानीय तहबाट पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन योग्य नहुने उल्लेख छ । जनप्रतिनिधिले पारिश्रमिक नलिए पनि सुविधा लिइरहेका हुन्छन् । उनीहरूले निर्वाचनमा भाग लिनुअघि राजीनामा नदिए उम्मेदवार बन्न रोक लगाउने प्रावधान आचारसंहितामा छ ।

आचारसंहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनेले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट लिएको पेस्की र आफ्नो नाममा रहेको बेरुजुसमेत फर्स्योट गर्नुपर्ने प्रावधान छ ।

अब पुनः कार्यकाल दाेहाेर्‍याउने याेजना बुनिरहेका र चुनावी मैदानमा हाेमिएका जनप्रतिनिधिले पहिला राजीनामा अनि मात्र उम्मेद्वारीकाे बाटाे अपनाउनु पर्नेछ ।

प्रकाशित समय : १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु