गृहपृष्ठ चुम्लुङकाे महाधिवेशन सम्पन्न, प्रेम एक्तेनकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन
चुम्लुङकाे महाधिवेशन सम्पन्न, प्रेम एक्तेनकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन
तीन वर्षे कार्यकालका लागि नयाँ कार्य समिति चयन गर्दै लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएकाे छ ।
पाँचथरको सदरमुकाम फिदिममा सम्पन्न महाधिवेशनले प्रेम एक्तेनको अध्यक्षतामा ३४ सदस्यीय संघीय कार्यसमिति सर्वसम्मत चयन गरेको हाे । नवनिर्वाचित अध्यक्ष एक्तेन यसअघि केन्द्रीय समितिमा उपाध्यक्ष थिए । मंगलबार साँझ सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा डा. कमल तिगेला, गोबिन्द आङ्बुङ, कमल फागो र चन्द्रकुमार आङ्देम्बे चयन भएका छन् । महासचिवमा निरन्ती तुम्बापोले निरन्तरता पाएकी छन् । उप-महासचिवमा योगेन्द्र पालुङ्वा चयन भएका छन् ।
समितिको सचिवमा चक्र येक्तेन, दिलकुमारी लिम्बू, भवानी विक्रम सम्बाहम्फे र भीमप्रसाद योङहाङ रहेका छन् । कोषाध्यक्षमा अमर तुम्याहाङ चयन भएका हुन् । अन्य सदस्यहरू भने मनोनयन गर्न बाँकी रहेको बताइएकाे छ ।
प्रकाशित समय : १९:१० बजे



















