गृहपृष्ठ माइतीघरको आकाशे पुल उद्घाटन

माइतीघरको आकाशे पुल उद्घाटन

माइतीघरको आकाशे पुल उद्घाटन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माइतीघरको आकाशे पुल उद्घाटन गरेका छन् । बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माइतीघरस्थित आकाशेपुलको उद्घाटन गरेका हुन् ।

उनले आकाशे पुल निर्माण अभियानअन्तर्गत हरेक वर्ष महानगरले ८/९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए । उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताए । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएका कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराए ।

उनले माईतीघरमा बनेको आकाशे पुलले स्वास्थ्य मन्त्रालय, सिंहदरबार र सर्वोच्च अदालतमा आवतजावत गर्ने तथा सडक पार गर्नेहरूलाई सहज हुने विश्वास व्यक्त गरे ।

प्रकाशित समय : १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु