गृहपृष्ठ नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक सम्पन्न

नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक सम्पन्न

नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक सम्पन्न

नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४औं बैठक गत फागुन २५ देखि २९ गतेसम्म काठमाडाैंमा आयोजना भएको छ । भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यको सह-अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

गत सोमबार दुवै पक्षले बैठकको माइन्युटमा हस्ताक्षर गरेका छन् । संयुक्त समितिले भारत-नेपाल सीमाका विभिन्न स्थानको पनि स्थलगत भ्रमण गर्‍यो । सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु समितिको कार्यक्षेत्रभित्र पर्दछ । समितिले सीमा क्षेत्रमा पर्ने नदीहरुको व्यवस्थापनका लागि प्रस्ताव गरिएका कार्यस्थलको पनि भ्रमण गरेको थियो ।

फागुन २५ देखि २८ गतेसम्म भएको स्थलगत भ्रमणपछि समितिको बैठक बसेको हो ।

प्रकाशित समय : १८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु